काठमाडौँ । नेपाली बजार मंगलबार सुनको भाउ बढ्दा चाँदीको भाउ भने घटेको छ । आज सुन तोलामा १ हजार ६०० रुपैयाँले बढ्दा चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, मंगलबार चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७९१.६६ अमेरिकी डलर र चाँदी ७८.९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया