काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से १७.९१ अंकले घटेर २८०७.३१ अंकमा पुगेको हो ।
मंगलबार कारोबारमा आएका ३४७ कम्पनीका १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयरहरू ९५ हजार ८०० पटक किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ अंकमा झर्दा कारोबार रकम ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार होटल तथा पर्यटन समूह ९७.०८ अंकले बढेको छ भने अन्य सबै उपसमूहहरु घटेका छन् ।
आइतबारको कारोबारमा सुर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेको छ ।
यता, डोल्टी पावर कम्पनीको सेयर मूल्य ८.७१ प्रतिशतले घटेको छ । त्यस्तै, सोलु हाइड्रोको ५.७७ प्रतिशतले, मेघा म्यूचुअल फण्डको ४.८५ प्रतिशतले, हिमालयन पावर पाटनरको ४.७८ प्रतिशतले र रिलायन्स स्पिनिङ मिल्सको ४.२२ प्रतिशले घटेको हो ।
मंगलबार कारोबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने कम्पनीको शीर्षस्थानमा सोलु हाइड्रोपावर रहेको छ । सोलु हाइड्रोपावरको ३७ करोड ७ लाख ३५ हजार रुपैयाँको सेयर किनबेच हुँदा रिलायन्स स्पिनिङ मिल्स ३० करोड १९ लाख ४ हजार रुपैयाँको कारोबार सहित दोस्रो स्थानमा छ । नेश्नल हाइड्रोपावरको २३ करोड ४१ लाख ५० हजार रुपैयाँको कारोबार सहित तेस्रो स्थानमा रहेको छ । त्यसैगरी, होटल फरेष्ट इनको २२ करोड २३ लाख ४२ हजार रुपैयाँको कारोबार हुँदा एसवाई प्यानलको १८ करोड ८ लाख २२ हजार रुपैयाँको कारोबार भएको छ ।












प्रतिक्रिया