तोलामा १८ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट


काठमाडौँ । नेपाली बजार बिहीबार सुनको भाउ तोलामा एक हजार ८०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ११० रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७०७.७७ अमेरिकी डलर र चाँदी ७६.३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।