काठमाडौँ । सरकारले एसियाली विकास बैंक (एडीबी)बाट सवा सत्र अर्ब सहुलियतपुर्ण ऋण लिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैंठले १७ अर्ब २५ करोड रुपैयाँ ऋण लिने गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री सुस्मित पोखरेलका अनुसार इन्टिग्रेटेड वाटर सप्लाइ एण्ड सेभरेज म्यानेजमन्ट सेक्टर प्रोजेक्टका लागि उक्त ऋण रकम लिने निर्णय भएको हो ।
यस विषयमा अध्ययन गरेर दस्तावेज तयार गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन भएको छ ।












प्रतिक्रिया