वाणिज्य बैंकका सहायक कम्पनीहरुका लागि शेयर ब्रोकर लाइसेन्स खुल्यो

0
Shares

नेपाल स्टक एक्सचेन्जले वाणिज्य बैंकका सहायक कम्पनीहरुका लागि धितोपत्र खरिद बिक्री गर्न अनुमति लिनका आवेदन खुला गरेको छ । नेप्सेले शुक्रबार एक सूचना जारी गर्दै १५ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

नेप्सेका अनुसार निवेदन दस्तुर ५ हजार रुपैयाँ लाग्ने छ । ग्लोबल आईएमई बैंकमा दस्तुर जम्मा गरी भौचरसहित निवेदन दिन नेप्सेको सुपरिवेक्षण शाखाले अनुरोध गरेको छ ।

नेप्सेले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमति पत्रका लागि सिफारिस कार्य्विधि, २०७६’ बमोजिम निवेदन पेश गर्न आग्रह गरेको छ ।

हालसम्म १९ वाणिज्य बैंकहरुले ब्रोकरको का मगर्न इच्छा देखाएकोमा १० कम्पनीले मात्रै केन्द्रीय बैंकबाट अनुमति पाएका छन् । कतिपय बैंकहरुले ब्रोकरको कामका लागि छुट्टै सहायक कम्पनी समेत स्थापना गरिसकेका छन् ।