सङ्घीय संसद्को दुवै सदनको अधिवेशन स्थगित

नवनिर्वाचित सांसदहरु

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन् । राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको सिफारिसमा यही वैशाख १७ गतेका लागि बैठक आह्वान गरेका थिए ।

मन्त्रिपरिषद्को आजको सिफारिसबमोजिम विशेष कारणबशः दुवै सदनको अधिवेशन आह्वान हाललाई स्थगित गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार  १९ : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।