सुनको मूल्यमा लगातार तेस्रो दिन गिरावट, आज २२ सयले घट्यो


काठमाडौँ । गत बुधबारदेखि लगातार नेपाली बजार सुनको मूल्यमा गिरावट आएको छ । बुधबार तोलामा ८०० रुपैयाँले घटेको सुनको भाउ बिहीबार १ हजार ८०० रुपैयाँले घटेको हो भने आज शुक्रबार तोलामा २ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६६७०.९ अमेरिकी डलर र चाँदी ७४.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  १० : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।