हीरो मोटोकर्पद्वारा एक्स्ट्रिम १६० आर र हंक १५० आर नेपाली बजारमा सार्वजनिक, मूल्य कति ?

0
Shares

हीरो मोटोकर्पले नेपालमा दुई नयाँ प्रिमियम मोटरसाइकलको बजारमा सार्वजनिक गरेको छ । कम्पनीले हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १५० आर नेपाली बजारमा सार्वजनिक गरेको हो।

हीरो मोटोकप नेपाली बजारमा युवा, प्रीमियम र प्राविधिक रूपमा उन्नत उत्पादनहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताका आधारमा मोटरसाइकल र स्कूटरको विश्वको सबैभन्दा ठूलो निर्माता हो।

लोकप्रिय प्रिमियम ब्रान्ड एक्स्ट्रिममा एक उल्लेखनीय र शक्तिशाली नयाँ अध्याय थप्दै हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउँछ । मोटरसाइकलले आराम र नियन्त्रणको सर्वोत्कृष्ट मिश्रण शक्तिपूर्ण अवस्थितिसहित पर्फमेन्स, स्पोर्टीनेस र अन्य विशेषताहरूको एक अतुलनीय मिश्रण प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५० आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको हो । 

दुवैै नयाँ मोटरसाइकलले नेपालका युवाको आकांक्षा पूरा गर्नेछ भने पर्फमेन्स, स्टाइलिङ र भिन्न आकर्षणको गतिशील संयोजन प्रदान गर्दछ ।

एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हीरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको ३ लाख ३९ हजार रुपैयाँ (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) को आकर्षक मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर २ लाख ७९ हजार ५ सय रुपैयाँ (सिंगल च्यानल एबीएसको साथ डबल डिस्क) को मूल्यमा उपलब्ध रहेका छन्।

यी दुवै मोडल नेपाली बजारमा ल्याइएको गरिएको अवसरमा टिप्पणी गर्दै, हिरोमोटोकर्पका ग्लोबल बिजÞनेसका प्रमुख संजय भानले भने, “विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यी दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवैै उत्पादन मन पराउने गर्नेछन भन्नेमा हामी विश्वस्त छौं ।’

‘एक्सट्रिम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५०आर विशेष रूपमा केही विशेष फस्र्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।’

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी यहाँ कारोबार विस्तार गरेको हो । यो कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ ।

नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।