सारथी नेपाल लघुवित्तको लाभांश दोस्रो पटक संशोधन

0
Shares

सारथी नेपाल लघुवित्त वित्तीय संस्थाको यस अघि घोषणा भएको लाभांश दोस्रो पटक संसोधन भएको छ ।

लघुवित्त सञ्चालक समितिको फागुन ११ गते सम्पन्न बैठकले प्रस्ताव गरेको लाभांशमाथि राष्ट्र बैंकले फागुन १७ गते वित्तीय विवरण संसोधन गरी पेश गर्न निर्देशन दिएपछि घटाएकोमा पुर्व: प्रस्तावित दरमा समेत चैत २ गते बसेको सञ्चालक समितिले बैठकले वित्तीय विवरण संसोधन गरेपछि पुनः दोस्रो पटक लाभांश संसोधन गरेको हो ।

लघुवित्तले सुरुमा फागुन ११ गते ९.११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.४७९४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा दोस्रो पटक फागुन १८ गते ८.१३ प्रतिशत बोनस र ०.४२८२३३ प्रतिशत नगद प्रस्ताव गरेकोमा हाल चुक्ता पूँजीको ८.१२ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.४२७४७७ प्रतिशतमा संसोधन गरी पुनः स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने र राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गर्ने जनाएको हो ।

पछिल्लो लाभांश अनुसार लघुवित्तले २३ करोड ५८ लाख २ हजार रुपैयाँको ८.१२ प्रतिशतले हुन आउने १ करोड ९१ लख ५२ हजार रुपैयाँ बोनस शेयर र १० लाख ८०० रुपैयाँ नगद लाभांश (जुन साबिक नयाँ नेपाल लघुवित्तको चुक्ता पूँजीको २० प्रतिशत ) वितरण गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ३ चैत्र २०७७, मंगलबार  १२ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।