१३ प्रतिशतले बढ्यो बीमा कम्पनीको व्यापार, कसले कति कमाए ?


काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा बीमा कम्पनीहरुले पौने २ खर्ब बढीको बीमा व्यवसाय गरेका छन् ।

१४ वटा जीवन, १४ वटा निर्जीवन बीमा कम्पनीहरुले १ खर्ब ८१ अर्ब ७ करोड ८२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको हुन् । गत वर्षको तुलनामा समीक्षा अवधिमा बीमा कम्पनीहरुको व्यवसाय १३.२८ प्रतिशतले बढेको हो ।

गत आर्थिक वर्षको चैतसम्म बीमा कम्पनीहरुले १ खर्ब ५९ अर्ब ८५ करोड ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैतसम्म १ खर्ब ४३ अर्ब ८१ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा १३.२० प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

यसैगरी समीक्षा अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले ३७ अर्ब २६ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत वर्षको तुलनामा समीक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय १३.५६ प्रतिशतले बढेको छ । गत वर्ष यही अवधिसम्म कम्पनीहरुले ३२ अर्ब ८१ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीहरुले ३५ अर्ब १५ करोड ६५ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र १ खर्ब ८ अर्ब ६५ करोड ३६ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका छन् ।

गत वर्षको तुलनामा समीक्षा अवधिमा प्रथम बीमाशुल्क २७.९६ प्रतिशत र नवीकरण बीमाशुल्क ९.१३ प्रतिशतले बढेको हाे ।

गत वर्ष यही अवधिसम्म कम्पनीहरुले २७ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ प्रथम जीवन बीमाशुल्क र ९९ अर्ब ५६ करोड ३१ लाख रुपैयाँ नवीकरण जीवन बीमाशुल्क संकलन गरेका थिए ।

समीक्षा अवधिसम्म जीवन बीमा कम्पनीहरुको सक्रिय बीमालेख संख्या १ करोड ६३ लाख ९७ हजार २०५ वटा रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म सक्रिय जीवन बीमालेख संख्या १ करोड ४३ लाख ९९ हजार ५७३ वटा थियो । बीमालेख संख्या १३.८७ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको चैतसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ८० लाख २१ हजार ७५९ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २३ लाख ८६ हजार १२८ वटा रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म म्यादी र लघु म्यादी जीवन बीमालेख संख्या ६५ लाख ६७ हजार २६३ वटा र वैदेशिक रोजगार बीमालेख संख्या २४ लाख ६८ हजार २१९ वटा थियो ।

जीवन बीमा कम्पनीहरुले ९ महिनामा १ खर्ब बढीको व्यापार भित्र्याए

चालु आर्थिक वर्षको ९ महिनामा जीवन बीमा कम्पनीहरुले १ खर्ब २४ अर्ब ७२ करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ वटा जीवन बीमकले चैतसम्म १ खर्ब ४० अर्ब ४५ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको व्यापार ११.३१ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष सोही अवधिमा कम्पनीहरुले १ खर्ब २६ अर्ब १८ करोड १२ लाख रुपैयाँ भित्र्याएका थिए । समीक्षा अवधिसम्म सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ३६ अर्ब ८६ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षका भन्दा ११.६४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्ष नेपाल लाइफले ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी दोस्रो धेरै व्यापार भित्र्याउनेमा नेसनल लाइफ रहेको छ । यो कम्पनीले चैतसम्म १७ अर्ब ७ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार ९.२० प्रतिशतले बढेको हो ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले तेस्रो स्थानमा रहेको छ । अघिल्लो वर्ष चैतसम्म कम्पनीले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिसम्म ८.०८ प्रतिशतले बढेर १५ अर्ब १७ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

यसैगरी चैतसम्म हिमालयन लाइफले १३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा ५.३१ प्रतिशत बढी हो ।

यस्तै चालु आर्थिक वर्षको चैत मसान्तसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको भन्दा ११.७० प्रतिशतले बढी हो ।

यसैगरी, सूर्यज्योति लाइफले ८ अर्ब ५५ करोड १५ लाख रुपैयाँ (११.६७ प्रतिशत) बढी, एसियन लाइफले ७ अर्ब २४ करोड ७० लाख रुपैयाँ (१२.११ प्रतिशत बढी) र सिटिजन लाइफले ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ (१९.२६ प्रतिशत) बीमाशुल्क संकलन गरेका छन् ।

त्यस्तै चालु वर्षको चैतसम्म सानिमा रिलायन्स लाइफले ५ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ, आइएमई लाइफले ४ अर्ब ९५ करोड १३ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ९० करोड ५४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ४ अर्ब ४४ करोड ९० लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १९ करोड २२ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब १७ करोड १९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले ९ महिनामा पौने ५ अर्ब व्यापार भित्र्याए


निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनामा ४ अर्ब ८७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।

प्राधिकरणले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार चैत महिनामा मात्र १४ वटा निर्जीवन बीमकले ३ लाख ४७ हजार ८७२ वटा बीमालेख जारी गरेर ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा महिनामा कम्पनीहरुको व्यापार १८.९८ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको चैतमा कम्पनीहरुले २ लाख ९१ हजार ७७६ वटा बीमालेख जारी गरेर २ अर्ब ९१ करोड ७७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षको चैतमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ । चैतमा युनाइटेड अजोड इन्स्योरेन्स सर्वाधिक व्यापार भित्र्याउने र वृद्धि दरका हिसाबले अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको चैतमा युनाइटे अजोड इन्स्योरेन्सले ६० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा चैतमा कम्पनीको व्यापार १३४.८१ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

यसैगरी चैत महिनामा दोस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । चैतमा यो कम्पनीले ५३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार भने ७.०५ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष चैतमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको चैतमा तेस्रो धेरै व्यापार ल्याउनेमा ओरिएन्ट इन्स्योरेन्स रहेको छ । अघिल्लो वर्षको चैत कम्पनीले ४५ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ७.११ प्रतिशतले बढेर ४८ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै चालु वर्षको चैतमा एनएलजी इन्स्योरेन्सले ४७ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन गत वर्षको भन्दा ७३.६० प्रतिशतले बढी हो ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४६ करोड ३९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४१ करोड ५८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३३ करोड ३६ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चैतमा सानिमा जीआईसी इन्स्योरेन्सले २९ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । नेसनल इन्स्योरेन्सले ११ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  १२ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।