सिटिजन्स बैंकलाई तिनाउ मिसन प्राप्ती गर्न राष्ट्र बैंकको स्वीकृति, चैतभित्रै एकीकृत कारोबार

0
Shares

सिटिजन्स बैंक लाई तिनाउ मिसन डेभलपमेन्ट बैंक प्राप्ती गर्न नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान गरेको छ ।

राष्ट्र बैंक इन्टरनेसनल (CZBIL) को चैत ३ गते मंगलबार सम्पनन सञ्चालक समितिको बैठकले मर्जरका लागि अन्तिम स्वीकृति प्रदान गरेको हो ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंगलबार मर्जर प्राप्तीका लागि अन्तिम स्वीकृति पाएको जानकारी दिँदै चैत महिनाभित्रै एकीकृत कारोबार थाल्ने नोटबजारलाई जानकारी दिए ।

सिटिजन्स बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकले गत कार्तिकमा एक आपसमा १००ः ९६ को अनुपातमा गाभ्ने/गाभिने सम्झौता गरेका थिए । यसअनुसार तिनाउ मिसनको १०० कित्ता शेयर भएका शेयरधनीले सिटिजन्स बैंकको ९६ कित्ता शेयर पाउनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनलको माघ १५ गते बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न छैठौं विशेष साधारण सभाले सिटिजन्स बैंक इन्टरनेसनल बैंक र तिनाउ मिसन डेभलपमेण्ट बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गर्दै एक महिना भित्रमा संयुक्त कारोबार प्रारम्भ गर्ने प्रस्ताव पारित गरेको थियो ।

२०७७ साल माघ १४ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२६ अर्ब रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ ।

सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।