नबिल बैंकले आफ्नो ब्यक्तिगत मुद्दती खाताको ब्याजदरलाई बढाएर ७.५१% प्रकासित गरेको छ।
जुन ६ महिना भन्दा माथिको ब्यक्तिगत मुद्दती खाताहरुमा लागू हुने बताएको छ ।
यस ब्याजदरका साथ नबिल बैंकले ब्यक्तिगत मुद्दती खातामा सर्वाधिक र प्रतिस्पर्धात्मक ब्याजदर प्रदान गर्ने क्रमलाई निरन्तरता दिएको जनाएको छ ।
नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्चब्याज दर प्रदान गर्ने हुनाले यस योजनाले आर्थिक कठिनाइ कम गर्न मद्दत पुर्याउने बैंकले आशा गरेको छ ।
सन् १९८४ देखि आफ्ना आदरणीय ग्राहकहरुलाई समायानुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकका ११९ शाखा, १८५ एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेका छन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया