गौशाला धर्मशालाको जग्गा अब पशुपति क्षेत्र विकास कोषले उपभोग गर्न पाउने


काठमाडाैँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषको निर्णयलाई सदर गरेको छ ।

उच्च अदालतको आदेशपछि गौशाला धर्मशालाको ९ रोपनी ९ आना जग्गा अब पशुपति क्षेत्र विकास कोषले उपभोग गर्न पाउनेछ ।

गौशाला धर्मशाला खाली गराउने कोषको निर्णयलाई जिल्ला अदालत काठमाडौंले कानुनसम्मत भनेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध मारवाडी सेवा समिति उच्च अदालत पाटन गएको थियो ।

उच्च अदालत पाटनले जिल्ला अदालतकै फैसला सदर गरेको हो ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।