काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको पहिलो स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट ह्विस्की’ सार्वजनिक गरेको छ।
यसले नेपालको ह्विस्की उत्पादन यात्रामा नयाँ अध्याय थपेको छ। हिमाली पहिचान, स्थानीय शिल्पकला र परिष्कृत ह्विस्की निर्माण प्रविधिको संयोजनमार्फत यो उत्पादन तयार गरिएको हो।
यससँगै कम्पनीले आफ्नो श्लोक ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गरेको छ। यस पोर्टफोलियोमा यसअघि श्लोक ह्विस्की र श्लोक हिमालयन प्रिमियम XXX रम समावेश थिए।
श्लोक सिंगल माल्टको विशिष्ट पहिचान यसको ओलोरसो शेरी कास्कमा गरिएको फिनिसिङ हो, जसले यसको स्वादमा गहिराइ, जटिलता र समृद्धि थपेको छ।
विशेष रूपमा छनोट गरिएका ओलोरसो शेरी कास्कमा परिपक्व गरिएको यस ह्विस्कीमा सुक्खा फलफूल, हल्का मसला, बदाम तथा चकलेटका स्वादको संयोजन पाइन्छ, जसले यसलाई सन्तुलित र विशिष्ट स्वाद प्रदान गर्दछ।
७५० मिलिलिटरको बोतलमा उपलब्ध श्लोक सिंगल माल्ट ह्विस्कीमा ४२.८ प्रतिशत अल्कोहल मात्रा रहेको छ भने यसको बजार मूल्य ७ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ।






