काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घट्दा चाँदीको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढ्दा चाँदी तोलामा २५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ९८ हजार ९०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, आइतबार चाँदी प्रतितोला ५ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार २७५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ७१५.६ अमेरिकी डलर र चाँदी ८०.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया