नबिल बैंक र औषधि व्यवसायी संघ काठमाण्डौंबीच समझदारी

0
Shares

निजी क्षेत्रबाट प्रवद्र्धित नेपालको अग्रणी वाणिज्य बैंक नबिल र नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंबीच औषधि व्यवसायीहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा नबिल बैंकका निरज कुमार बस्नेत (डनिल), प्रमुख एस.एम.ई. तथा लघुवित्त र बद्री प्रसाद क्षेष्ठ, अध्यक्ष, नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौंले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार औषधि व्यवसायीहरुको आवश्यकता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरिनेछ ।
सो सम्झौता नेपाल औषधि व्यवसायी संघ, काठमाण्डौं जिल्ला शाखाको आयोजनामा, काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लाभरको औषधिको थोक व्यवसायीहरुको बृहत भेला कार्यक्रममा भएको हो ।

सो कार्यक्रममा नेपाल औषधि व्यवसायी संघका प्रमुख भरत भट्टराईको उपस्थिति रहेको थियो ।

साझेदारीको बारेमा बोल्दै, नबिल बैंक, एस.एम.ई. तथा लघुवित्त, प्रमुख निरज कुमार बस्नेतले भने, “नबिल बैंक औषधि व्यवसायीहरुलाई वित्तिय पहुचमा वृद्घि तथा समग्र अर्थतन्त्रको विकास गर्नका लागी विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । हामी औषधि व्यवसायीहरु र बैंकको दिगो विकाशलाई ध्यानमा राख्दै औषधि व्यवसायमा वित्तिय लगानी गर्ने अग्रणी बैंक मध्ये एक हौं । हामीलाई आशा छ कि यो साझेदारीले औषधि व्यवसायीहरुको वित्तीय व्यवस्थापनमा हालको अन्तर पूर्ण गर्न मद्दत पुर्याउनेछ ।”

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।