जानकी फाइनान्सका शेयरधनीको हात खाली हुने

0
Shares

जानकी फाइनान्सले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई लाभांश नबाँड्ने भएको छ ।

फाइनान्स सञ्चालक समितिको चैत ६ गते शुक्रबार सम्पन्न ३०९ औं बैठकले लाभांश बिना नै चैत २८ गते साधारण सभा आह्वान गरेको हो ।

सञ्चालक समिति बैठकले गायत्री कुञ्ज अतिथि सदन जानकी चोक जनकपुरधाममा बिहान १० बजे आह्वान गरिएको साधारण सभामा मर्जर तथा प्राप्तीलाई मुख्य एजेण्डा बनाएर सभा बोलाएको छ ।

सभाले जानकी फाइनान्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने। गभिने वा प्राप्ती गर्ने उपयुक्त देखिएमा, रणनितिक साझेदारीमा जान फाइनान्सको सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न तथा सो प्रकृया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभामा सञ्चालक समितका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व २०७६/७७ को प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आ.व २०७७।७८ को लेखापरीक्षकको प्रतिवेदन र अनुसूची सहतिको वित्तीय विवरणमाथि छलफल गरी पारित हुनेछ ।

साधारण सभा प्रयोजनार्थ फाइनान्सले चैत १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १७ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।