काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो साउनदेखि चैत मसान्तसम्म वैदेशिक यात्रामा १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको नौ महिनाको विवरणअनुसार २०८२ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त रकम देशबाट बाहिरिएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा यसरी देशबाट बाहिरिने रकम २।६ प्रतिशतले कमी आएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा नेपालीहरू विदेश जाँदा एक खर्ब ६९ अर्ब ८४ करोड रुपैयाँ देशबाट बाहिरिएको थियो ।
यता, नौ महिनाको अवधिमा विदेश पढ्न जाने विद्यार्थीले मात्र एक खर्ब १२ अर्ब ८४ करोड रुपैयाँ लगेका छन् ।
अघिल्लो आर्थिक वर्षमा विद्यार्थीले एक खर्ब ३ अर्ब ७९ करोड रुपैयाँ लगेका थिए ।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपाल घुम्न आउने पर्यटकले ६४ अर्ब १० करोड रुपैयाँ खर्च गरेका छन् । जुन गत वर्षको तुलनामा ३.८ प्रतिशतले कम हो । अघिल्लो वर्षको सोही अवधिमा नेपाल घुम्न आउने पर्यटकले ६६ अर्ब ६६ करोड रुपैयाँ खर्च गरेका थिए ।












प्रतिक्रिया