काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १ सय रुपैयाँ भन्दा माथिको मालसामान भन्सार शुल्क नतिरी ल्याउन नपाइने नियम संशोधन हुने बताएका छन् ।
मंगलबार अर्थ समितिमा आयोजित छलफलमा बोल्दै उनले सीमा नाकामा बस्ने सर्वसाधारणको सुविधाका लागि सो सीमा बढाइने उनले बताएका हुन् । उनले सिमानामा १ सय रुपैयाँभन्दा माथिको वस्तु ल्याउन रोक लगाउने नियम वर्तमान सरकारले नबनाएको बताउँदै उनले दैनिक १०र१२ पटक ओहोर दोहोर गरेर सामान ओसार्ने प्रवृत्तिमा कडाइ गरिने बताए ।
‘यो हामी आएर बनाएको नियम होइन,’ उनले भने, ‘यो सीमा बढाउँछौं, तर राजस्व चुहावट गर्ने उद्देश्यले हुने तस्करीमा भने हामी निर्मम हुन्छौं ।’ घरायसी सामानको नाममा दैनिक १०र१२ पटक ओहोर दोहोर गरेर सामान ओसार्ने प्रवृत्तिमा कडाइ गरिने अर्थमन्त्री डा. वाग्लेले जानकारी दिए ।







