काठमाडौँ । विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा बैशाख २७ गते आइतबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल काठमाडौँमा आयोजना गरेको “गीता मैत्री मिलन कार्यक्रम २०८३” सम्पन्न भएको छ । झण्डै २ हजारभन्दा बढीको प्रत्यक्ष सहभागीता एवं देश विदेशमा रहेका लाखौँ लाख साधक, सेवीहरूको अप्रत्यक्ष सहभागीतामा “गीता पढौँ, पढाऔँ र जीवनमा लगाऔँ” भन्ने मूल नारासहित कमलादी गणेशस्थानबाट शोभायात्रा भई प्रज्ञा भवन पुगेर भव्य एवं ऐतिहासिक रुपमा सम्पन्न भएको हो ।
गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेवगिरि जी महाराजको पावन सान्निध्य, गीता परिवारका अन्तर्राष्ट्रिय कार्याध्यक्ष डा. आशू गोयल, गीता परिवार नेपालका संरक्षक, उच्च पदाधिकारी तथा साधकहरूको उपस्थिति रहेको उक्त कार्यक्रम आध्यात्मिक तथा नैतिक जागरणलाई केन्द्रमा राखेर आयोजना भएको र कार्यक्रमले नेपालमा गीताको प्रचार प्रसार, आम सर्वसाधारणमा गीता प्रतिको चेतना फैलाउन सफल भएको छ।
कार्यक्रममा गीता परिवारका संस्थापक, श्रीरामजन्मभूमि तीर्थक्षेत्र न्यास अयोध्याका कोषाध्यक्ष परमपूज्य स्वामी गोविन्ददेवगिरि महाराजले आशिर्वाद प्रदान गर्दै गीता एउटा पुस्तक मात्र नभर आमा भएको बताएका छन् । आमाले जसरी बच्चाको पालन पोषण गर्दछिन् त्यसैगरी गीतामाताले पनि सबैको पालन पोषण गर्ने बताउदै जीवनमा कुनै पनि कठिनाइ आइपर्दा गीतामातालाई अघि राखेर प्रार्थना गरेमा सहजै पार पाउन सकिने भगवान् श्रीकृष्णबाट आम सर्वसाधारणको मुक्तिका लागि प्रदान भएको अमृत बताए । नेपालमा गीता परिवारले आयोजना गरेको कार्यक्रम यति भव्य र सव्य रुपमा आयोजना भएकोमा खुशी व्यक्त गर्दै भगवान् पशुपतिनाथको पावन भूमि नेपाल आमाको काखमा गीतामाताको सन्देश दिन पाएकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा गीता मैत्रि मिलन कार्यक्रम मूल समारोह समितिका अध्यक्ष जय किसन सारडाज्यूले स्वागत गर्दै गीता परिवारको संक्षिप्त जानकारी गराउँदै परम श्रद्धेय संत स्वामी गोविंददेव गिरीजी महाराजको पावन आशीर्वाद र स्व. ओंकारनाथ मालपानीको मार्गदर्शन बाट ४० वर्ष पूर्व प्रारम्भ भएको गीता परिवार भारतका २८ प्रान्तमा मात्र नभएर विश्वका १८२ देशमा फैलिएको छ र नेपाल नै पहिलो गीता परिवारको अन्तराष्ट्रिय शाखामा दर्ज भएको बताए । नेपालमा कोरोनाको महामारीको समयमा विजारोपण भएको गीता परिवार नेपालले आफ्नो स्थापनाको छैटौँ वसन्त पार गरेको बताए ।
उनले नेपालको भौगोलिक विकटता र प्राविधिक चुनौती, गाउँ गाउँमा इन्टरनेटको समस्या आदिका बाबजुद पनि गाउँ–बस्ती तथा नगरसम्म गीताको चेतना विस्तार गर्नु नै हाम्रो अभियानको मुख्य लक्ष्य रहेको बताए ।
गीता परिवार नेपालका संस्थापक एवम् संरक्षक जय किशन सारडाको अध्यक्षतामा मुल समारोह समिति र संस्थाका अध्यक्ष सारिका अग्रवाल, उपाध्यक्ष गुणराज पोखरेल, बबिता लखोटिया, सचिव राम प्रसाद अधिकारी, कोषाध्यक्ष संजय अटल सहित पदाधिकारी, कार्यसमिति सदस्य, गीता प्रशिक्षक, गीतासेवीहरु रहेका विभिन्न समिति, उपसमितिहरुको स्वत स्फूर्त सक्रिय सहभागीता एवं सहयोगमा सम्पन्न भएको छ।












प्रतिक्रिया