सुनको मूल्य घट्दा चाँदीमा भने वृद्धि


काठमाडौँ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार सुन प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, आइतबार प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४३० रुपैयाँ कायम भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १३१.६ अमेरिकी डलर र चाँदी ६०.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८३, सोमबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।