सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ । आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा २ हजार ९०० रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले घटेर प्रतितोला ४ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १४०.८ अमेरिकी डलर र चाँदी ६०.४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १८ आश्विन २०८३, आइतबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।