काठमाडौँ । मंगलबार नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ४ हजार ४३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुनको मूल्य भने स्थिर रहेको छ । आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । जुन सोमबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १२१.५१ अमेरिकी डलर र चाँदी ६०.५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।







