काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको राजीनामासम्बन्धी केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत आफ्नो जिम्मेवारीमा सक्रिय रही बैंकको कार्यसम्पादन तथा व्यवस्थापनमा सक्रिय रहेको बैकले जानकारी दिएको हो।
बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचार प्रकाशन तथा प्रसारण गर्दा आधिकारिक स्रोतबाट पुष्टि गरीमात्र सम्प्रेषण गर्न सम्पूर्ण सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई बैंकले हार्दिक अनुरोध गरेको छ।
बैंकले ग्राहकवर्ग, सेयरधनी तथा आम सर्वसाधारणप्रतिको आफ्नो विश्वास र प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको स्पष्ट पनि पारेको छ ।












प्रतिक्रिया