नागरिक लगानी कोष लिलामी शेयरमा कति कायम भयो कटअफ ?

0
Shares

नागरिक लगानी कोषको लिलामी शेयरको शिबन्दी बोलपत्र शनिबार खुला भएको छ ।

कोषको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्टका अनुसार उक्त लिलामी शेयरको प्रारम्भिक कट अफ मूल्य ३ हजार ५०४ कायम भएको छ । लिलामीमा न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ४ हजार ४४४ रुपैयाँमा परेको थियो ।

कोषले फागुन २१ गतेदेखि चैत्र २ गतेसम्म हकप्रदमा अवितरित ३ लाख ५४ हजार १ सय ५० दशमलव ०५ कित्ता शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको थियो । जसको खरीदका लागि ६ हजार ३५४ वटा आवेदन परेका थिए ।

कम्पनीले पुस २८ गतेदेखि माघ १९ गतेसम्म १० बराबर ८.२८४ कित्ताका दरले एक सय रुपैयाँ अंकित दरका १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता शेयर निष्काशन गरेको थियो । हकप्रद खरीदका लागि रितिपूर्वक आवेदन दिएका १२ हजार ६४० जनालाई १ करोड ३२ लाख ३८ हजार ३ सय ७८ दशमलव ९५ कित्ता शेयर बाँडफाँड गरी अवितरित शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याइएको थियो ।

हकप्रदमा अवितरित लिलामी शेयर बाँडफाँड पश्चात कोषको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ पुग्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ८ चैत्र २०७७, आइतबार  १६ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।