मौरिससको एम एण्ड एम रेमिटसँग कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन


नेपाल राष्ट्र बैंकले मौरिससको एम एण्ड एम रेमिटसँग कुनै पनि वित्तीय कारोबार नगर्न बैंक वित्तीय संस्था तथा रेमिट कम्पनीलाई निर्देशन दिएको छ । कम्पनीले रेमिट कारोबारमा नेपाली पर्टीप्रति इमान्दार नभएपछि केन्द्रीय बैंकले कारोबार नगर्न भनेको हो ।

केन्द्रीय बैंकले सूचना जारी गर्दै कम्पनीले कम्पनी बाँकी कारोबार छ भने भुक्तानी लिन भन्दै आगामी दिनमा थप कारोबार नगर्न भनेको छ ।

एम एण्ड एम रेमिटसँग सहकार्य गरी विप्रेषण कारोबार नगर्न र गरेकाले रकम लिनुपर्ने भए उठाउन समेत केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।