दुई लघुवित्त र एक विकास बैंकको लाभांश सोमबारसम्म कायम शेयरधनीलाई मात्रै

0
Shares

दुई लघुवित्त र एक विकास बैंकको लाभांश पाउन सोमबारसम्म शेयरधनी कायम हुनुपर्ने देखिएको छ ।

गत आर्थिक वर्षकोे नाफाबाट प्रस्तावित लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि डिप्रोक्स र महुली लघुवित्त वित्तीय संस्था लिमिटेड तथा सांग्रिला डेभलपमेन्ट बैंकले मंगलबार बुकक्लोज मिति तोकेका छन् ।

यसअनुसार बुकक्लोजको अघिल्लो अघिल्लो कारोबारदिनसम्म शेयर खरीद गरी कायम हुन आउने लगानीकर्ताले मात्र लाभांश पाउने भएकाले तीनवटै कम्पनीको प्रस्तावित लाभांश पाउन सोमबारसम्म शेयरधनी कायम हुनुपर्ने भएको हो ।

आर्थिक वर्ष २०७६/७७ को नाफाबाट डिप्रोक्स (DDBL) ले १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजन समेत) गरी कुल २० प्रतिशत, महुली (MSLB) ले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत तथा सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले शेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । तीनवटै कम्पनीको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम हो ।

डिप्रोक्स लघुवित्तले चितवनको सौराहास्थित होटेल मोनालिसामा चैत २० गते १९ औं वार्षिक साधारण सभा र महुलीले संस्थाको केन्द्रीय कार्यालय सप्तरीमा चैत्र २५ गते बुधबार बिहान ११ बजे आठौं वार्षिक सभा आह्वान गरेको छ ।

यस्तै सांग्रिलाले लैनचौर ब्याङ्क्वेट, लैनचौर, काठमाडौँमा चैत्र २३ गते, सोमबार बिहान १० बजे सोह्रौं वार्षिक साधारण सभा बोलाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: ९ चैत्र २०७७, सोमबार  ०९ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।