काठमाडौं । नेपालमा गर्मी बढ्दै जाँदा धेरै उपभोक्ताको आवश्यकता केवल चिसो हावा मात्र होइन, आरामदायी र स्वस्थ घरायसी वातावरण बन्न थालेको छ। यही बदलिँदो आवश्यकता बुझ्दै गोदरेजले विभिन्न एयर कुलर मार्फत नेपाली बजारमा आधुनिक कुलिङ सोलुशन उपलब्ध गराउँदै आएको छ।
व्यस्त जीवनशैलीमा एयर कुलर केवल गर्मी छल्ने सामग्री मात्र नभई दैनिक आरामसँग जोडिएको उपकरण बन्दै गएको कम्पनीको दाबी रहेको छ ।
सानो कोठादेखि ठूलो परिवार बस्ने ठाउँसम्म सहज रूपमा प्रयोग गर्न मिल्ने गोदरेजका स्नोचिन, चिलप्रो, कुल ब्लाष्ट प्लस, कुल ब्लाष्ट तथा मिनिकुल जस्ता मोडलहरू अहिले धेरै उपभोक्ताको रोजाइ बन्न थालेका कम्पनीले जनाएको छ । आकर्षक डिजाइन, सहज प्रयोग र राम्रो कुलिङ अनुभवका कारण गोदरेज कुलरले बजारमा छुट्टै पहिचान बनाइरहेको कम्पनीले दाबी गरेको छ ।
गोदरेज एयर कुलरमा शक्तिशाली कुलिङ क्षमता, धेरै हावा फाल्ने प्रणाली, हनीकम्ब प्याड, थर्मल ओभरलोड प्रोटेक्सन तथा आइस ड्रीप टेक्नोलोजी जस्ता सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ। केही मोडलमा एन्टि ब्याटेरियल ट्यांक तथा एन्टि ब्याटेरियल कुलिङ प्याड समेत प्रयोग गरिएकाले स्वच्छ हावा प्रवाहमा सहयोग पुग्नुका साथै हुमिडिट्री कन्ट्रोल तथा ४ वए सुईङ तथा ड्राइ रन प्रोटेक्सन जस्ता सुविधाले प्रयोगकर्तालाई अझ सहज अनुभव दिने कम्पनीको विश्वास छ।












प्रतिक्रिया