काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ घटेको छ । आज एकै दिन सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, शुक्रबार चाँदी तोलामा ३५५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदी प्रतितोला ५ हजार ३९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला ५ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ६०२.८४ अमेरिकी डलर र चाँदी ८०.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया