बुटवल पावर कम्पनी लिमिटेड (BPCL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको १० प्रतिशत बोनस बराबरको २६ लाख ७४ हजार ७ सय ८७ कित्ता बोनस शेयर सोमबार सूचीकृत भएको हो ।
कम्पनीको गत पुस २८ गते सम्पन्न भएको साधारण सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १७ गतेदेखि बुकक्लोज गरेको थियो । यसअनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका बुटवल पावरको लगानीकर्ताले मात्र उक्त बोनस शेयर पाउनेछन् ।
सोमबार सूचीकृत भएको उक्त बोनस शेयर बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले आफ्नो डिम्याट खातामा प्राप्त भएपछि खरीद बिक्री गर्न सक्नेछन् ।
बुटवल पावरको शेयर धितोपत्रको दोस्रो बजारमा सोमबार प्रतिकित्ता ३९६ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो ।
सम्बन्धीत समाचारहरुः-
- बुटवल पावरको नाफामा ८३% को उच्च गिरावट, पौने १४ करोडमा खुम्चियो नाफा
-
बुटवल पावरले डाक्यो साधारण सभा, २५% लाभांश अनुमोदन हुने
-
बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने
- बुटवल पावरले मुद्दती निक्षेपलाई आयोजना निर्माणमा लगानी गरेपछि घट्यो खुद नाफा
-
बुटवल पावरको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग
-
खिम्तिमा साउनेदेखि स्वामित्व घट्ने भएपछि बुटवल पावरले अन्य आयोजनामा लगानी बढाउन थाल्यो
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।










प्रतिक्रिया