काठमाडौँ । ओपो ले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘ओपो ए६सी’ सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, शक्तिशाली ७००० एमएएच ब्याट्री र एआई प्रविधिमा आधारित फिचरसहित फोन सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
फोनमा ७००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसले लामो समयसम्म प्रयोग गर्न सकिने कम्पनीको दाबी छ । साथै रिभर्स चार्जिङ सुविधा समेत उपलब्ध रहेको छ । १२० हर्ज डिस्प्ले, आकर्षक डिजाइन तथा ‘फेदर ह्वाइट’ र ‘स्टोन ब्राउन’ रंगमा उपलब्ध हुने जनाइएको छ ।
फोटोग्राफीका लागि एआई इरेजर र एआई क्लियर फेस जस्ता फिचर दिइएको छ । साथै आईपी६४ स्तरको पानी तथा धुलो प्रतिरोधी सुविधा तथा दीर्घकालीन प्रदर्शनका लागि फ्लुएन्सी प्रोटेक्सन समेत समावेश गरिएको छ ।
ग्राहकलाई लक्षित गर्दै कम्पनीले २ महिनासम्मको रिप्लेसमेन्ट ग्यारेन्टी सुविधा समेत उपलब्ध गराएको छ । यो योजना सीमित अवधिका लागि लागू हुने बताइएको छ ।












प्रतिक्रिया