जहाज खरिद गर्न लिएको ऋण ५५ अर्ब पुग्यो


काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको सावाँ र ब्याज ५५ अर्ब चार करोड ७८ लाख रुपैयाँ बराबर पुगेको छ ।

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनका अनुसार बमोजिम उक्त रकम भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँबराबरको ऋण लिएको थियो । यस्तै, नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो ।

कुल तिर्न बाँकी सावाँ तथा ब्याज गरी कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर रहेको छ ।

प्रकाशित मिति: १ जेष्ठ २०८३, शुक्रबार  १८ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।