काठमाडौँ । भारत सरकारले चाँदी आयातमा कडाइ गरेको छ । अब ९९.९ प्रतिशत शुद्ध चाँदीका बार, नगढिएको चाँदी, चाँदीको धुलो र सुन वा प्लेटिनम प्लेटेड चाँदी आयात गर्न सरकारको अनुमति लिनुपर्ने भएको हो ।
भारत केन्द्रीय सरकारले एक परिपत्र जारी गर्दै भारत सरकारले गैरआवश्यक आयात घटाउन र विदेशी मुद्रा खर्च नियन्त्रण गर्न चाँदी आयातमा कडाइ गरेको जनाएको हो । यसअघि भारतमा चाँदी सजिलै आयात गरिन्थ्यो। तर, अहिले प्रतिबन्धात्मक श्रेणीमा राखिएको छ ।












प्रतिक्रिया