युवा स्वरोजगार कोषको ६७ करोड कर्जा असुल भएन


काठमाडौँ । युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएकामध्ये भाखा नाघिएको ऋणवापतको ६७ करोड १९ लाख ६४ हजार रुपैयाँ असुल गर्नुपर्ने देखिएको छ ।

महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ ले युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सहुुलियत) नियमावली, २०७७ को नियम १६ मा कर्जा लागानी गर्ने व्यवस्थाअनुसार कोष र ऋणीबीच ऋण सम्झौताको शर्त अनुसार साँवा र ब्याज समयमा नआउँदा हर्जनासमेत गरी सो रकम असुल गर्नुपर्ने देखाएको हो ।

कोष र ऋणीबीच पाँचवर्षे लगानी सम्झौता हुँदा ऋण अवधि ४२ महिना रहने र सम्झौताअनुसार समयमा किस्ता नबुझाउँदा रकमको थप दुई प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । कोषको २०८२ असार मसान्तसम्म दुई अर्ब ३३ करोड ९४ लाख ५६ हजार रुपैयाँ कर्जाको साँवा बक्यौता देखिएको छ । तीमध्ये कोषको अभिलेखअनुसार ४३२ सहकारी संस्थाबाट ५७ करोड ९७ लाख १८ हजार रुपैयाँ साँवा तथा ब्याज आठ करोड ४६ लाख ९८ हजार रुपैयाँ र हर्जाना २३ लाख ८२ हजार रुपैयाँ कर्जा असुल गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति: ३ जेष्ठ २०८३, आइतबार  १७ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।