काठमाडौँ । गर्मी मौसम बढ्दै जाँदा भान्सामा खानेकुरा सुरक्षित राख्ने, तरकारी तथा फलफूल ताजा राख्ने र परिवारका लागि चिसो पानीको सहज उपलब्धता सुनिश्चित गर्ने आवश्यकता बढिरहेको छ। यही आवश्यकतालाई मध्यनजर गर्दै नेपालकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न क्षमताका ४४ वटा रेफ्रिजरेटर मोडलहरू नेपाली बजारमा उपलब्ध गराएको जनाएको छ।
कम्पनीका अनुसार ६० लिटरदेखि ५५० लिटरसम्म क्षमता भएका यी रेफ्रिजरेटरहरू नेपाली उपभोक्ताको आवश्यकता, बजेट तथा भान्साको आकारअनुसार डिजाइन गरिएको हो। गर्मी मौसममा खानेकुरा छिट्टै बिग्रिने समस्यालाई ध्यानमा राख्दै समावेश गरिएको बहु–हावा प्रवाह र छिटो शीतलन प्रविधिले खानेकुराको ताजापन लामो समयसम्म कायम राख्न सहयोग पुर्याउने विश्वास गरिएको छ।
यसका साथै, स्मार्ट इन्भर्टर प्रविधिको प्रयोगले आवश्यकताअनुसार मात्र शीतलन गर्दै ऊर्जा खपत घटाउने तथा विद्युत् खर्च नियन्त्रणमा राख्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ। विद्यार्थीदेखि संयुक्त परिवारसम्मका लागि उपयुक्त हुने गरी विभिन्न आकार तथा क्षमताका मोडलहरू उपलब्ध रहेको उल्लेख गरिएको छ।
रेफ्रिजरेटरहरूलाई तीन मुख्य वर्गमा विभाजन गरिएको छ। साना परिवार वा सीमित स्थानका लागि सिंगल डोरअन्तर्गत ६० लिटरदेखि २३० लिटरसम्मका ३३ मोडल, मध्यम तथा संयुक्त परिवारका लागि डबल डोरअन्तर्गत २२० लिटरदेखि ३५० लिटरसम्मका ९ मोडल तथा प्रिमियम प्रयोगकर्ताका लागि ५२० लिटर र ५५० लिटर क्षमताका दुई विशेष मोडल बजारमा उपलब्ध छन्।
चौधरी ग्रुपअन्तर्गत सञ्चालनमा रहेको सीजी ब्रान्डले चार दशकभन्दा लामो अनुभवका आधारमा नेपाली उपभोक्ताको आवश्यकता अनुरूप उत्पादन विकास गर्दै आएको जनाएको छ। कम्पनीले देशभर रहेका २१ वटा सीजी डिजिटल सोरुम, आधिकारिक बिक्रेता सञ्जाल तथा अनलाइन माध्यममार्फत यी उत्पादनहरू उपलब्ध गराउँदै आएको छ। साथै, ४० भन्दा बढी सेवा केन्द्रमार्फत मर्मत तथा प्राविधिक सहयोगको सुविधा समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार रेफ्रिजरेटर केवल उपकरण मात्र नभई परिवारको स्वास्थ्य र दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको आवश्यक वस्तु भएकाले गुणस्तर, ऊर्जा दक्षता तथा दीर्घकालीन प्रयोगलाई प्राथमिकतामा राखेर उत्पादन विकास गरिएको हो।










प्रतिक्रिया