सुनचाँदी पसलमा पनि क्यूआर कोड


सुनचाँदीको कारोबार गर्दा पनि क्यू आर कोड मार्फत भुक्तानी गर्न सकिने भएको छ । नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघबिच भएको सम्झौता अनुसार मंगलबार देखि सुनचाँदी पसलमा पनि नगदको कारोबार अनिवार्य नहुने भएको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल बंगलादेश बैंक वीच बैंकिङ भएको सम्झौतामा महासंघका अध्यक्ष माणिक रत्न शाक्य र नेपाल बंगलादेश बैंककी डेपुटी जनरल म्यानेजर सलोनिका सिंहले हस्ताक्षर गरेका हुन ।

महासंघ र बैंकवीच भएको सम्झौता अनुरुप अवदेखि महासंघ अन्तर्गत विभिन्न जिल्ला तथा नगरमा आवद्ध ब्यवसायी तथा एशोसिएट्स सदस्यहरुले नेपाल बैंगलादेश बैंकको क्यु आर कोड प्रयोग गरी कारोबार गर्न पाउछन् । क्यू आर कोडको सुरुवातले सुनचाँदीको कारोबार गर्दा नगदमा नै गर्नुपर्ने झन्झटको अन्त्य गरेको महासंघका अध्यक्ष शाक्यले बताए ।

दुईसंस्थावीचको सहमतिपछि महिला, दलित, विपन्न, अल्पसंख्यक लगायतका वर्गकालागि पनि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन बैंकले सहयोग गर्ने भएको छ । नेपाल राष्ट्र बैंकले समेत डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्दै आएको छ । सोही नीति अनुरुप महासंघले पहिलो चरणमा नेपाल बंगलादेश बैंकसँग बैंकिङ सहकर्यको सम्झौतामा गरेको हो ।

महासंघले आवश्यकता अनुसार अन्य बैंक तथा वित्तिय संस्थाहरुसँग समेत यस किसिमको सम्झौता गदै जाने जनाएको छ । नेपाल सनुचाँदी ब्यवसायी महासंघ मुलुकभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । महासंघ अन्तर्गत देशभरका ६५ भन्दा बढी जिल्ला, नगर तथा एशोसिएट्स सदस्य छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।