काठमाडौँ । बदलिँदो जीवनशैलीसँगै घरायसी उपकरणमा आकर्षक डिजाइन मात्र होइन, सुविधा, ऊर्जा दक्षता र भरपर्दो कार्यक्षमताप्रति उपभोक्ताको चासो बढ्दै गएको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै माइडियाले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजेरेटर (एमडिआरटी २९४ एफजिजी २८ एनपी) सार्वजनिक गरेको जनाएको छ।
आधुनिक डिजाइन, प्रयोगमैत्री संरचना तथा स्मार्ट सुविधासहित ल्याइएको यस रेफ्रिजेरेटरले दैनिक जीवनलाई थप सहज बनाउने कम्पनीको दाबी छ। २१० लिटर क्षमतायुक्त यस उपकरणले साना तथा मध्यम परिवारका लागि पर्याप्त भण्डारण सुविधा प्रदान गर्नेछ।
उत्पादनमा समावेश गरिएको डाइरेक्ट कुल नन–इनभर्टर प्रविधिले प्रभावकारी चिसोपन कायम राख्न सहयोग पुर्याउने बताइएको छ। साथै, इजी मेकानिकल टेम्प्रेचर कन्ट्रोल सुविधामार्फत प्रयोगकर्ताले आवश्यकता अनुसार तापक्रम सजिलै मिलाउन सक्नेछन्।
स्पेसियस बिग कुलिङ जोनले फलफूल, तरकारी तथा अन्य खाद्य सामग्रीलाई लामो समयसम्म ताजा राख्न मद्दत गर्ने कम्पनीको भनाइ छ। यसैगरी, वन टच डिफ्रोस्ट प्रणालीले प्रयोगलाई सहज बनाउँछ भने लो फ्रस्ट प्रविधिले अत्यधिक बरफ जम्ने समस्या घटाई सफाइ तथा मर्मतलाई सरल बनाउने अपेक्षा गरिएको छ।
टिकाउपनालाई ध्यानमा राख्दै टेम्पर्ड ग्लास शेल्फ प्रयोग गरिएको छ, जसले बढी तौल भएका सामग्री सुरक्षित रूपमा राख्न सक्ने क्षमता दिन्छ। कनभिनियेन्ट एग तथा आइस ट्रेले दैनिक प्रयोगलाई व्यवस्थित बनाउँछ भने न्यून आवाजमा सञ्चालन हुने विशेषताले घरको शान्त वातावरण कायम राख्ने कम्पनीले जनाएको छ।
उपभोक्तालाई थप विश्वास दिलाउन उत्पादनमा दुई वर्षको वारेन्टी तथा कम्प्रेसरमा दस वर्षको वारेन्टी उपलब्ध गराइएको छ।
सीजी इलेक्ट्रोनिक्समार्फत नेपाली बजारमा उपलब्ध माइडियाका विभिन्न घरेलु विद्युतीय सामग्रीहरू उपभोक्तामाझ लोकप्रिय बन्दै गइरहेका छन्। आधुनिक प्रविधि, ऊर्जा बचत र टिकाउ गुणस्तरका कारण माइडिया नेपाली बजारमा विश्वासिलो ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीले जनाएको छ।










प्रतिक्रिया