मध्यपूर्वमा जारी संकटका कारण विश्व अर्थतन्त्र दबाबमा परेको छ। यसले आर्थिक वृद्धि सुस्त बनाएको, मुद्रास्फीति पुनः बढाएको तथा विश्व वित्तीय बजारमा अनिश्चितता बढाएको संयुक्त राष्ट्रसंघले जनाएको छ।
मंगलबार सार्वजनिक गरिएको ुविश्व आर्थिक अवस्था तथा सम्भावना २०२६ मध्य(वर्षीय अद्यावधिकु प्रतिवेदनअनुसार सन् २०२६ मा विश्व कुल गार्हस्थ उत्पादन वृद्धि दर २।५ प्रतिशत रहने अनुमान गरिएको छ। यो जनवरीमा गरिएको प्रक्षेपणभन्दा ०।२ प्रतिशत बिन्दुले कम हो। सन् २०२७ मा भने २।८ प्रतिशतको सामान्य सुधार हुने अपेक्षा गरिएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार मध्यपूर्व संकटको मुख्य असर ऊर्जा क्षेत्रमा परेको छ। आपूर्ति अवरोध, तेल तथा ग्यासको मूल्यवृद्धि, ढुवानी र बीमा खर्च बढ्दा विश्वव्यापी उत्पादन लागत बढेको छ। ऊर्जा कम्पनीहरूले भने यसबाट ठूलो लाभ उठाएका छन्, तर घरपरिवार र व्यवसायहरूमा लागतको चाप बढेको छ।










प्रतिक्रिया