सुनचाँदीकोे मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीकोे मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ८०० रुपैयाँले र चाँदी तोलामा ९० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदी प्रतितोला ५ हजार ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५३६.६८ अमेरिकी डलर र चाँदी ७५.६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०८३, बिहिबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।