सोह्र लाख राजश्व छली गरी कारोबार गर्ने दुई पक्राउ

0
Shares

नेपाल प्रहरीले १५ लाख ९० हजार बराबरको सूर्तिजन्य पदाथर्को कारोबार गरी राजश्व छली गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने महोत्तरीका ४४ वर्षीय मदन शाह रौनियार र कामपा–८ कुमारीगाल बस्ने ४५ वर्षीय भारतीय नागरिक श्रवन कुमार सिंहलाई बुधबार कोटेश्वरबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दुबै जनाले नेपाल तथा भारतमा तयार गरेका सूर्तिजन्य पदार्थ लगायतका सामानहरु राजश्व छली काठमाण्डौंको कोटेश्वर लगायतका स्थानमा गोदाममा भण्डारण गरी कारोबार गर्ने गरेका थिए ।

उक्त सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरील उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुमध्ये रौनियारका साथबाट करिब ७ लाख ९० हजार रुपैयाँ बराबरको पानमसला, सूर्ति, राजनिवास लगायतका सूर्तिजन्य पदार्थ र श्रवनलाई करिब ८ लाख रुपैयाँ बराबरको शुद्धप्लस, रजनिगन्धा सूर्ति लगायतका पदार्थ सहित काठमाडौं महानगरपालिका–८ कुमारीगालबाट प्रहरीले बरामद गरी पक्राउ गरेको हो ।

दुवै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।