किसान लघुवित्तले साधारण सभाको विशेष प्रस्तावमा अघिल्लो दिन शतप्रतिशत हकप्रद निष्काशनको विशेष प्रस्ताव राखेर सभा आह्वान गरेर दोस्रो दिन हटाइएको सम्बन्धमा नेप्सेले सोधेको प्रश्नको स्पष्टीकरणः बुझाएको छ ।
उक्त स्पष्टिकरणमा लघुवित्तको पूँजीकोष प्रयाप्त नभएकाले मर्जर, हकप्रद निष्काशन, र पुनः थप शेयर निष्काशनजस्ता एजेण्डामा सञ्चालक समितिको बैठकमा छलफल हुँदा हकप्रद निष्काशनका लागि सम्बन्धीत नियकायसँग परामर्श गरेर मात्र अगाडि बढ्ने निर्णय भएको र कम्पनी ऐन अनुसार साधारण सभाभन्दा २१ दिन अगावै साधारण सभाको सूचना प्रकाशन गर्नुपर्ने प्रावधान रहेको तर सो दिन विदा परेका कारण हकप्रद शेयरको प्रस्ताव सहितको सूचना प्रकाशन भएको प्रष्टिकरण दिएको छ ।
दोस्रो दिन नेपाल राष्ट्र बैंकको परामर्श गर्दा उक्त प्रस्ताव हटाउन सुझाव आएकाले सो लाई संसोधन गरी चैत ९ गते पुनः साधारण सभाको सूचना प्रकाशन गरेको लघुवित्तले जनाएको छ ।
प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले दिएको स्पष्टिकरणमा निर्णय भएको दिन विदा भएको, दोस्रो दिन अपलोड गर्न सूचना परिवर्तन गर्नुपर्ने र नेप्सेमा रहेको पुरानो किसान माइक्रोफाइनान्सको लगइनले काम नगरी नाम परिवर्तनका कारण नयाँ लगइन आईडि लिएर अपलोड गर्दा ढिला भएको जनाएका छन् ।
प्रष्टिकरणमा लघुवित्तको शेयर कारोबारमा कुनै किसिमको प्रभाव पार्ने गलत मनसाय पनि नरहि मानवीय त्रुटीका कारण सर्वसाधारण लगानीकर्ता र नियामक निकायमा पर्न गएको असरका लागि क्षमायाचना गरिएको छ । कम्पनीले आगामी दिनमा यस्ता कमीकमजोरी नदोहोर्याउने प्रतिबद्दता समेत जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया