तोलामा ५६ सयले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आज एकैदिन सुन तोलामा ५ हजार ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदी तोलामा १७५ रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५१२.९७ अमेरिकी डलर र चाँदी ७५.९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।