टेलिकमको लाभांश वितरण

0
Shares

नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले सोमबारदेखि प्रतिशेयर ४० रुपैयाँका दरले लाभांश वितरण थालेको छ ।

कम्पनीको चैत १३ गते सम्पन्न साधारण सभाले पारित गरे बमोजि ४० प्रतिशत नगद लाभांश चैत १६ गते सोमवारदेखि वितरण थालिएको कम्पनीले जनाएको छ ।

सोमबारदेखि बुकक्लोजको अघिल्लो दिनसम्म कायम सम्बन्धित शेयरधनीहरुको बैंक खातामै उक्त नगद लाभांश जम्मा हुने कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल ले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुकक्लोज गरेको थियो । यसअनुसार फागुन २६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

बैंकमा शेयर धितोमा राखी कर्जा सुविधा उपभोग गरेका शेयरधनीहरुले भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गरेपछि मात्र लाभांश पाउनेछन् ।

यस्तै हालसम्म कागजी शेयर धारण गरेकालाई शेयर अभौतिकीकरण (डिम्याट) गर्न र हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न बाँकी शेयरधनीलाई यथाशीघ्र अपडेट गर्न पनि अनुरोध गरेको छ ।  साथै हालसम्म पनि आफ्नो नगराएको शेयरधनीहरुलाई जतिसक्दो छिटो गराई आफ्नो लाभांश सुरक्षित गर्न पनि कम्पनीले अनुरोध गरेको छ ।

नेपाल टेलिकमको लाभांश पारित, सर्वसाधारण सञ्चालकमा पौडेल निर्विरोध

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।