काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटले नेपाली बजारमा सुनचाँदीको मूल्य बढाएको छ । शुक्रबार आगामी आवको बजेट आएसँगै सुनमा भन्सार शुल्क १० प्रतिशतले बढेको छ ।
१० प्रतिशत कायम भएको भन्सार शुल्क एकैपटक २० प्रतिशतमा पुगेपछि सुनको भाउ एकैदिन २० हजार ५०० रुपैयाँले बढेको हो ।
यद्यपी सुनको मूल्यमा लाग्दै आएको विलासीता कर भने हटेको छ । चालु आव सुरुभएदेखि सुनमा २ प्रतिशत विलासीता कर लाग्दै आएको थियो । उपभोक्ताले विलासीता कर तिर्दै आएका थिए । अब भने विलासीता कर तिर्नुपर्ने झनझट हटेको छ ।
आज कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदी तोलामा ३०५ रुपैयाँले बढेसँगै प्रतितोला ५ हजार ३४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ५३९.७६ अमेरिकी डलर र चाँदी ७५.२९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।










प्रतिक्रिया