नेप्सेमा हरायो रौनकता: सूचक र कारोबार रकम दुबैमा कमी, चन्द्रागिरीको मूल्य घट्न थाल्यो

0
Shares

शेयर बजार परिसूचक नेप्से उच्च अंक २६४० पुगेर क्रमश करेक्शन हुँदै जान थालेपछि शेयर बजारमा रौनकता पनि दिनप्रतिदिन विस्तारै घट्न थालेको छ । बजारमा लाभांश सिजन सकिएर अफसिजन लागेसँगै शेयर बजारको रौनकता घट्न थालेको हो ।

दैनिक १० अर्ब माथि शेयर कारोबार हुने गरेको बजारमा आधा बढीले कारोबार रकम खुम्चिएपछि शेयर बजारको रौनकतामा कमी देखिएको छ । एकातिर नेप्से करेक्शनको मुडमा देखिएको छ भने अर्कोतर्फ बजार अझै घट्छ कि भन्ने आशंका लगानीकर्ता कायम नै रहेर लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहँदा कारोबार रकम पनि घट्दै जान थालेको हो ।

सूचीकृतमध्ये ९० प्रतिशत धेरैको लाभांश घोषणा भैसकेको अवस्थाले पनि बजारमा अफसिजन लागेको बताइन्छ । अर्कोतर्फै चालु आवको तेस्रो त्रैमासको मिति नजिकिँदै गर्दा लगानीकर्ताहरुलाई ऋणको साँवा तथा ब्याज तिर्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ ।

शेयर बजारका लगानीकर्ताहरुका अनुसार नेप्से निरन्तर बढेर उच्च अंकमा पुगेकाले हालको करेक्शन सामान्य भएको बताउँदै तेस्रो त्रैमासको वित्तीय विवरणले बजारमा थप उर्जा प्रदान गर्ने बताउँछन् ।

फागु पूर्णिमाको विदाका कारण साताको पहिलो कारोबार दिन आइतबार कारोबार नभएकोमा सोमबार नेप्सेमा ५.४५ अंकको समान्य गिरावट सहित २५४३ दशमलव ५२ मा नेप्से बन्द भएको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ पनि ०.३९ अंकले घटेर ४४०९.९२ बिन्दुमा झरेको छ ।

आज २०८ कम्पनीका ९१ लाख ३८ हजार ९३५ कित्ता शेयर ६४ हजार ५१५ पटकको कारोबारबाट ४ अर्ब ४१ करोड ३ लाख ४५ हजार ३० रुपैयाँ बराबरमा खरीद बिक्री भएका छन् । कारोबारमा आएका ८९ कम्पनीको शेयरमूल्य बढेका छ भने १०२ कम्पनीको घटेको छ । १८ कम्पनीको मूल्य स्थीर रह्यो ।

उतार चढावपूर्ण रहेको बजारमा जलविद्युतको सूचक १ प्रतिशतले बढ्दा लघुवित्त र फाइनान्सको इन्डेक्स पनि समान्य सकारात्मक रह्यो । दश समुहको सूचक ऋणात्मक रहेको बजारमा ब्यापारमा सबैभन्दा धेरै ४.६२ प्रतिशतको गिरावट देखिएको छ भने चन्द्रागिरी हिल्सको मूल्य घटेपछि होटल तथा टुरिजम्को इन्डेक्स पनि ४ प्रतिशतले घटेको छ । बाँकी ८ समुह सामान्य घटेको छ ।

बजार सूचक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख रुपैयाँमा संकुचित बनेको छ । गत बिहीबार ३५ खर्ब २० अर्बको बजार पूँजीकरण रहेको थियो ।

  • निफ्राको सर्वाधिक कारोबार

सोमबारको बजारमा नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको उच्च कारोबार भएको छ । बैंकको ४४ करोड ३१ लखको शेयर कारोबार भएको हो ।

अपर तामाकोशी र चन्द्रागिरी हिल्सको पनि ३७ करोड माथि कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, एचआईडिसिएल, हिमालयन डिष्ट्रिलरी, अजोड इन्स्योरेन्स, पुनर्बीमा कम्पनी, नेपाल लाइफ र नबिल बैंकको शीर्ष दश ठूलो कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-29 15:00:00
NIFRA 443,165,363.00 606.00
UPPER 387,790,091.00 800.00
CGH 370,776,490.00 1,930.00
NBB 146,949,263.00 363.00
HIDCL 128,935,079.00 400.00
HDL 95,253,160.00 4,118.00
AIL 89,567,660.00 776.00
NRIC 81,006,023.00 1,404.00
NLIC 73,482,636.00 2,154.00
NABIL 63,360,330.00 1,232.0
  • चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

आजको बजारमा चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । उन्नति सहकार्य लघुवित्त, अजोड इन्स्योरेन्स, महिला लघुवित्त, समीट लघुवित्तको मूल्य आकाशिएको हो ।

यसैगरी रिडी हाइड्रोपावर, सारथी नेपाल लघुवित्त, वोमी माइक्रोफाइनान्स, युनाइटेड इदिमर्दी हाइड्रोपावर, हिमालयन उर्जा विकास कम्पनी, र लक्ष्मी लघुवित्तको शेयरको भाउ पनि बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-29 15:00:00
USLB 2,761.00 251.00 10.00
AIL 776.00 70.00 9.92
MLBSL 591.00 53.00 9.85
SMFDB 1,485.00 128.00 9.43
RHPC 209.00 14.00 7.18
SNLB 1,700.00 111.00 6.99
WOMI 1,031.00 58.00 5.96
UMRH 338.00 18.00 5.63
HURJA 348.00 18.00 5.45
LLBS 1,910.00 98.00 5.41
  • चन्द्रागिरी हिल्सको मूल्य सर्वाधिक घट्यो

सोमबार चन्द्रागिरी हिल्सको मूल्य सर्वाधिक घटेको छ । कम्पनीको मूल्य १४९ रुपैयाँ अर्थात ७.१७ प्रतिशतले घटेर १९३० रुपैयाँमा झरेको हो । चन्द्रागिरी हिल्सको शेयरमूल्य ३४ औं कारोबारको दिनमा सोमबार घटेको हो । कम्पनीको शेयरमूल्यमा सुरुवाति २ दिनबाहेक बाँकी विगत ३० दिनयता सकारात्मक सर्किट लेबलमा वृद्धि हुँदै आएको थियो ।

यसैगरी माउन्टेन हाइड्रोपावर, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, कालिका पावरको शेयरमूल्य पनि ४ प्रतिशत धेरैले घटेको छ । एनएबि ५०, छ््याङ्दी हाइड्रोपावर, युनाइटेड फाइनान्स, एनसीसी बैंक, शिवश्री हाइड्रोपावर र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-29 15:00:00
CGH 1,930.00 -149.00 -7.17
MHNL 266.00 -19.00 -6.67
STC 12,590.00 -645.00 -4.87
KPCL 291.00 -13.00 -4.28
NMB50 12.10 -0.50 -3.97
CHL 201.00 -8.00 -3.83
UFL 385.00 -13.00 -3.27
NCCB 315.00 -10.00 -3.08
SSHL 203.00 -6.00 -2.87
PIC 1,250.00 -35.00 -2.72

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ चैत्र २०७७, सोमबार  १५ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।