युनाईटेड मोदी हाइड्रो पावर कम्पनीले युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत लगानी गर्ने भएको छ ।
कम्पनीको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले ५० मेगावाट क्षमताको युनाईटेड मेवा खोला हाइड्रोमा ३० प्रतिशत लगानी गर्ने निर्णय गरेको हो ।
युनाईटेड मोदीले युनाईटेड मेवा खोलामा ३० प्रतिशत लगानी रहने गरी प्रतिकित्ता १०० रुपैयाँको दरले ६७ लाख ५० हजार कित्ता शेयर खरीद गरी ६७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने निर्णय गरेको जनाएको छ ।
युनाईटेड मोदी हाइड्रोको सातौँ वार्षिक साधारण सभाले सञ्चालक समितिलाई लगानी योग्य आयोजनामा लगानीका विकल्पहरु पहिचान गरी आवश्यक सम्पूर्ण काम कारवाही गर्ने अख्तियारी दिए बमोजिम युनाइटेड मेवा खोला हाइड्रो पावरमा लगानी गर्ने निर्णय गरेको जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया