नेप्से ३२ अंकले बढ्यो, ६ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

0
Shares


शेयर बजारमा मंगलबार ३२.१५ अंकको सुधार आएको छ । कारोबारमा आएका २०९ मध्ये १४३ कम्पनीको शेयरमूल्य बढेपछि नेप्सेमा आकर्षक सुधार आएको हो । ४० कम्पनीको शेयरमूल्य घट्दा २५ को मूल्य स्थीर रहेको छ ।

सुचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । सोमबार ४ अर्ब ४१ करोडको शेयर खरीद बिक्री भएकोमा मंगलबार १ अर्ब ७७ करोड रुपैयाँले कारोबार रकम बढेर ६ अर्ब १८ करोड नाघेको हो । यसदिन २०९ कम्पनीका १ करोड २२ लाख ९ हजार ९७६ कित्ता शेयर ६८ हजार ६४५ पटक कारोबारमा आउँदा ६ अर्ब १८ करोड ५६ लाख ४९ हजार ४९८ रुपैयाँ खरीद बिक्री भएको छ ।

कारोबारमा आएका १३ समुहका सूचकमध्ये ब्यापार र उत्पादन सामान्य घट्दा बाँकी ११ वटै समुहका सूचक बढेका छन् । जलविद्युतको सूचक सर्वाधिक ४ प्रतिशतले बढेको छ भने होटल र टुरिजम्, लघुवित्त, तथा निर्जीवन बीमाको सूचक ३ प्रतिशत बढीले बढेका छन् । जीवन बीम र म्युचुअल फण्डको सूचक १ प्रतिशतले बढेको छ भने अन्य समुहका सूचक समान्य बढेका छन् ।

  • निफ्राको उच्च कारोबार

मंगलबारको बजारमा पनि नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को उच्च कारोबार भएको छ । बैंकको ८ लाख २ हजार १६७ कित्ता शेयर ४८ करोड बढी शेयर कारोबार भएको हो । सोमबार पनि बैंकको ४४ करोड बढीको कारोबार भएको थियो ।

यसैगरी निर्धन उत्थान लघुवित्तको ५३ करोड ६९ लाख, एनएलजी इन्स्योरेन्सको ३३ करोड १६ लाख, अपर तामाकोशी २८ करोड ९७ लाख र एचआइडिसीएल २८ करोड १६ लाख, चन्द्रागिरी हिल्स १६ करोड २३ लाख, छिमेक लघुवित्त १५ करोड २३ लाख, नबिल बैंक ११ करोड ९८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सको ११ करोड ६० लाख र र आइएमई जनरल इन्स्योेरेन्सको ११ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

Symbol Turnover Closing Price
As of 2021-03-30 15:00:00
NIFRA 480,094,271.00 592.00
NUBL 436,927,999.00 1,726.00
NLG 331,650,703.00 1,141.00
UPPER 289,717,935.00 867.00
HIDCL 281,621,415.00 432.00
CGH 162,313,755.00 2,050.00
CBBL 153,039,812.00 1,677.00
NABIL 119,822,089.00 1,236.00
LGIL 116,005,309.00 813.00
IGI 114,828,245.00 1,160.0
  • ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट

मंगलबारको बजारमा ६ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन वोमी लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, अजोड इन्स्योन्स, समीट माइक्रोफाइनान्स र स्वाभिमान लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यसैगरी प्रभु लाइफ, अपर तामाकोशी, एचआईडिसीएल, आइएमई जनरल इन्स्योरेन्सको मूल्य पनि ८ प्रतिशतले बढेको छ ।

Symbol LTP Point Change % Change
As of 2021-03-30 15:00:00
WOMI 1,134.00 103.00 9.99
SGI 706.00 64.00 9.97
GIC 697.00 63.00 9.94
AIL 853.00 77.00 9.92
SMFDB 1,627.00 142.00 9.56
SMFBS 2,485.00 215.00 9.47
PLI 820.00 65.00 8.61
UPPER 867.00 67.00 8.38
HIDCL 432.00 32.00 8.00
IGI 1,160.00 85.00 7.9
  • युनाइटेड इदिमर्दीको लगानीकर्ताले धेरै गुमाए

यसदिन युनाइटेड इदिमर्दी एण्ड आरबि हाइड्रोपावरको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको मूल्य ५.३३ प्रतिशत अर्थात १८ रुपैयाँले घटेर ३२० रुपैयाँमा झरेको छ ।

यसैगरी निफ्रा, एनआईसी एशिया डिबेञ्चर ८१/८२, रिडी हाइड्रोपावर, पाँचथर पावर, गुडविल फाइनान्स, समीट माइक्रोफाइनान्स संस्थापक, प्रोगेशिभ फाइनान्स, तारागाउँ रिजेन्सी होटल, र पस्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि गुमाएका छन् ।

Symbol LTP Point Change % Change
As of 2021-03-30 15:00:00
UMRH 320.00 -18.00 -5.33
NIFRA 592.00 -14.00 -2.31
NICAD8182 990.00 -20.00 -1.98
RHPC 205.00 -4.00 -1.91
PPCL 280.00 -5.00 -1.75
GFCL 252.00 -4.00 -1.56
SMFDBP 680.00 -10.00 -1.45
PROFL 158.00 -2.00 -1.25
TRH 321.00 -4.00 -1.23
SAPDBL 163.00 -2.00 -1.21
  • कुल बजार पूँजीकरण ४५ अर्बले बढ्यो

नेप्से बढेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण मंगलबार ४५ अर्बले बढेको छ ।

बजार सूचक घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक कुल बजार पूँजीकरण सोमबार ३५ खर्ब १२ अर्ब ७० करोड ६३ लाख रुपैयाँ रहेकोमा ३५ अर्ब रुपैयाँले बढोत्तरी हुँदै ३५ खर्ब ५७ अर्ब ११ करोड १२ लाख रुपैयाँ पुगेको हो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ चैत्र २०७७, मंगलबार  १५ : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।