काठमाडौँ । इलोन मस्कको अन्तरिक्ष अनुसन्धान तथा स्याटेलाइट इन्टरनेट कम्पनी स्पेसएक्सले विश्व सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो प्राथमिक सेयर (आईपीओ) खुल्ने भएको छ । स्पेस एक्स विश्वको सबैभन्दा ठूलो निजी अन्तरिक्ष कम्पनी हो । जसको संस्थापक इलन मस्क हुन् ।
यो कम्पनीले सेयर निष्कासन गरी करिब ७५ अर्ब अमेरिकी डलर उठाउने तयारी गरेको छ । यो आईपीओ २ किसिमबाट निष्कासन हुन्छ ।
पहिलो हो– सेक्युरिटिज कम्पनीहरूमार्फत । त्यस्तै बुक बिल्डिङ विधिबाट पनि आईपीओ निष्कासन हुनेछ । ४ जुनदेखि रोडशो र ११ जुनदेखि बुक बिल्डिङ मार्फत प्रतिइकाइ १३५ अमेरिकी डलर मूल्य कायम गरी यो सेयर बिक्री गरिनेछ ।
कम्पनीको कुल मूल्याङ्कन १.५ देखि १.८ ट्रिलियन (१५ देखि १८ खर्ब) डलर हाराहारी पुग्न सक्ने अनुमान गरिएको छ । ड्राफ्ट दर्ता विवरण अनुसार यस आईपीओको अन्तिम मूल्य निर्धारण आगामी जुन ११, २०२६ मा हुनेछ र त्यसको भोलिपल्ट अर्थात् जुन १२ देखि अमेरिकी सेयर बजार नेस्डाक मा ‘SPCX’ टिकर सिम्बोल अन्तर्गत यसको औपचारिक सेयर कारोबार सुरु हुने छ।












प्रतिक्रिया