सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि


काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको भाउ घट्दा चाँदीमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, सोमबार चाँदी तोलामा १० रुपैयाँले बढेसँगै प्रतितोला ४ हजार ९०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३३१.५५ अमेरिकी डलर र चाँदी ६७.६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २५ जेष्ठ २०८३, सोमबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।