काठमाडौँ । सेयर बजार परिसुचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से २०.२७ प्रतिशतले घटेर २७३५.१४ विन्दुमा पुगेको हो ।
कारोबारमा आएका ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयरहरू ५६ हजार ८४५ पटक किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
गत साताको कारोबारको अन्तिम दिन शुक्रबार नेप्से ११.३७ अंकले घटेर २७५५.४१ विन्दुमा पुग्दा कारोबार रकम ५ अर्ब ६२ करोड ५६ लाख रुपैयाँ कायम भएको थियो ।
सोमबार वित्त समूह ६.८५ अंकले बढेको बजारमा अरु सबै उपसुचक राताम्मे देखिएका छन् ।
कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले बढेको बजारमा के्रष्ट माइक्रो लाइफ इन्स्यारेन्सको सेयर मूल्य १३.११ प्रतिशत, सोपान फर्मास्युटिकल्सको सेयर मूल्य १० प्रतिशत, सामुदायीक लघुवित्तको सेयर मूल्य ८.८५ प्रतिशत र सिभिल बैंक २०८८ डेभेन्चरको इकाई मूल्य ५.५२ प्रतिशतले बढेको छ ।
यता, उपकार लघुवित्तको सेयर मूल्य ७.१४ प्रतिशतले घट्दा सयपत्रि हाइड्रोपावरको सेयर मूल्य ६.०१ प्रतिशत, १० प्रतिशत सानिमा बैंक २०८५ को डेभेन्चर मूल्य ५.३८ प्रतिशत, १२ प्रतिशत आईसीएफसी फाइनान्स २०८३ को डेभेन्चर मूल्य ४.२९ प्रतिशत र सुर्यकुण्ड हाइड्रोको सेयर मूल्य ३.७१ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सेन्ट्रल फाइनान्स २० करोड ४६ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा आँखु खोला जलविद्युत ३ लाख ४१ हजार ६७८ इकाईको कारोबार सहित अग्रस्थानमा रहेको छ भने कारोबार संख्याको आधारमा पाल्पा सिमेन्ट २ हजार १७७ पटकको कारोबार सहित शीर्षस्थानमा रहेको छ ।












प्रतिक्रिया